वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।
उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधी तत्त्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको उल्लेख गरेका छन् । हरेक पटक मन्त्रिमण्डल बिस्तार हुने बेला वामदेव गौतम मन्त्री बन्ने खबर विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आउने गरेको छ । प्रत्येक पटक गौतमको सचिवालयले यस्ता समाचारहरूको खण्डन गर्दै आएको छ ।
कहाँबाट कसले गौतम मन्त्री हुने हल्ला फैलाउँछ त्यसबारे भने उनले पत्ता लगाउने प्रयास गरेका छैनन् । यद्यपि राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम आफैले भने संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण