गण्डकीमा ७१० जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकामा ७१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६३ महिला र ३४७ जना पुरुष रहेका छन् ।
गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै क्रमश दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएको छ । आइतबार प्रदेशमा ४४७ जनामा संक्रमण देखिएकोमा आज संख्या बढेर ७१० पुगेको हो । यो संख्या एक महिनाको तुलनामा उच्च हो ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ३०४, बागलुङ ३५, स्याङ्जा ६०, म्यादी ६, पर्वत ४३, गोरखा १९, लमजुङ २७ ,तनहुँमा ७९ र नवलपुरमा १३७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६५ हजार १०५ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–८ का ७९ वर्षीय पुरुष, पोखरा–२३ का ५३ वर्षीय पुरुष, पोखरा–५ की ५० वर्षीय महिला, पोखरा–१४ की ७७ वर्षीय महिला र कास्कीको अन्नपूर्ण–४ की ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखराका विभिन्न अस्तपालमा मृत्यु भएको छ ।
त्यसैगरी बागलुङ जैमीनी–२ का ५१ वर्षीय पुरुष, स्याङजा पुललीबजार–१ की ६५ वर्षीय महिला र नवलपरासी पूर्व देवचुली–९ की ७० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६२ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४०९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ विदेशी मुद्राको खरिदविक्रीदर
-
बार्सिलोना रियाल भन्दा ७ अंक अघि
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित