माधव नेपालले बोलाए आफू पक्षीय केन्द्रीय समिति बैठक
मङ्गलबार, १९ साउन २०७८, १५ : ४२
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । साउन २० गते बुधबार ११ बजेलाई बैठक बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । त्यसक्रममा नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको भन्दै सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताएका थिए । स्थायी समिति बैठकले पार्टी एकता विरोधी गतिविधि र अभिव्यक्ति समेत नदिने निर्णय गरेको थियो । साथै बैठकले अध्यक्ष ओलीले केही दिन अघि दिएको अभिव्यक्तिले पार्टी एकता बिथोलिन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
