नेपाली बजारमा चेरी कार भित्रिदै, एसपीजी अटोमोबाइल्स वितरकमा नियुक्त
काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्रान्ड चेरी नेपाली बजारमा भित्रिदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सलाई नियुक्त गरेको छ । कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै सार्वजनिक हुनेछ ।
चेरी ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलस अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखिेको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ ।
नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्रान्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
१९९७ मा स्थापना भएको चेरी ब्रान्ड अटोमोबाइलस कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले, डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्रान्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,००० ट्रान्समिसन उत्पादन क्षमता रहेको छ।
चेरी ब्रान्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी
-
भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण