कविता : झरी
आइतबार, २४ साउन २०७८, १४ : ०१
-निरज आचार्य
श्रावणको कुनै साँझ थियो
झमझम दर्केको झरीबाट जोगिन
रुखको ओत लागेकी तिमी
अङ्ग अङ्ग निथ्रुक्क
कति मादक देखिएकी थियौ
भिजेको कपालबाट निधारमा झरेको पानी
आँखाको गाजल पखाल्दै
तिम्रो अधर चुम्दै थियो
चिसोले थरथर काँपेँका ओठहरू
ऊफ ! कति मोहक थियो त्यो क्षण
म अर्को रुखमुनि निथ्रुक्क
कर्के आँखाले
घरी तिमीलाई घरी सडक हेर्दै थिएँ
अनि कामना गर्दै थिएँ त्यो क्षण त्यहिँ रोकियोस् भन्ने
बिस्तारै झरी रोकियो पनि, मौसम बदलियो पनि
अनि थाहै नपाई वर्षौं बित्यो पनि
हिजो, साउने झरीको रात
त्यही बाटो हिँड्दा
एक जोडी उसैगरी रुखमुनी ओत लागेको देखेँ
लाग्यो समय बिते पनि
मिजाज कहाँ बदलिन्छ र ?
प्रकृति को पनि, मन को पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण