बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसनले कन्सल्टेन्सी एवम् बिचौलियाहरुबाट सोझा नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा कति छात्रवृत्ति उपलब्ध गराइरहेका छन् र छात्रवृत्ति पाउने प्रक्रिया तथा मापदण्ड के कस्तो छ भन्नेबारे सम्बन्धित निकायले जानकारी दिनुपर्ने माग पनि उक्त संगठनले गरेको छ ।
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन बंगलादेशका अध्यक्ष नविन यादवसहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर उक्त माग अघि सारेको हो । यस्तै, भ्याक्सिन लगाउन नपाएका र बंगलादेशमै रहेका नेपाली विद्यार्थीलाई चाँडै खोप व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् । कोरोनाविरुद्धको खोप लगाएका तथा २४ घण्टा भित्रकै नेगटिभ पिसिआर रिपोर्ट लिएर गएकाहरुलाई समेत होटेल क्वारेरिन्टनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सो संगठनले सम्बधित कलेजकै होटेलमा बस्ने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण