पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री प्रदान
पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् ।
पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अदनान जाभेद खानले नेपाललाई कोरोना महामारीको नियन्त्रण र उपचारमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा.पोखरेलले सहयोगका लागि पाकिस्तान सरकार र पाकिस्तानी जनताप्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण