प्रिमियर लिग शुरु : पहिलो खेलमा नै आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध
शनिबार, ३० साउन २०७८, ०६ : ४३
७४ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । आफ्नो घरेलु मैदानमा जीवन्त र ऊर्जावान देखिएको नवप्रवेशी टोलीपाहुना टोलीमाथि हाबी देखिएको थियो ।
खेलको २२ औँ मिनेटमा नै सर्जी कानोसको गोलको मद्दतले ब्रेन्टफोर्डले अग्रता लिन सफल रह्यो । दोस्रो हाफमा क्रिस्टियन नोरगार्डले अर्को गोल थप्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।
अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामियाङ बिना मैदानमा उत्रेको आर्सनलका लागि इमाइल स्मिथ र निकोलास पेपेले गोलको प्रयास गरेपनि त्यसलाई गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाऊ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज
-
वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल
-
पोखरा स्पोर्टस अवार्डको तयारी सकियो
-
‘म्यारिज प्रपोजल’ पुनः मञ्चन गर्दै कुञ्ज थियटर
-
३०औँ वर्षगाँठ मनाउँदै १९७४ एडी, पहिलो अन्तर्राष्ट्रिय टुर अमेरिकाबाट
-
नेप्से ५ अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार