प्रिमियर लिग शुरु : पहिलो खेलमा नै आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध
शनिबार, ३० साउन २०७८, ०६ : ४३
७४ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । आफ्नो घरेलु मैदानमा जीवन्त र ऊर्जावान देखिएको नवप्रवेशी टोलीपाहुना टोलीमाथि हाबी देखिएको थियो ।
खेलको २२ औँ मिनेटमा नै सर्जी कानोसको गोलको मद्दतले ब्रेन्टफोर्डले अग्रता लिन सफल रह्यो । दोस्रो हाफमा क्रिस्टियन नोरगार्डले अर्को गोल थप्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।
अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामियाङ बिना मैदानमा उत्रेको आर्सनलका लागि इमाइल स्मिथ र निकोलास पेपेले गोलको प्रयास गरेपनि त्यसलाई गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाऊ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण