मानन्धरलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा। खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो ।
सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए । १९८७ मा भारतको कोलकातामा भएको तेस्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औँ संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन् । उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन् ।
फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व धावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिका टीका लामिछाने र गीतकार÷सङ्गीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण