बाढीले बगाएर एकाघरका तीन जनाको मृत्यु
अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुने खोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो ।
आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ । दुई साताअघि जुम्ला पातारासी गाउँपालिकाको छुमचौर निवासी एक अपाङ्गता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण