बाढीले बगाएर एकाघरका तीन जनाको मृत्यु

अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुने खोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो ।
आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ । दुई साताअघि जुम्ला पातारासी गाउँपालिकाको छुमचौर निवासी एक अपाङ्गता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन
-
गण्डकी प्रदेश : ८ वर्षमा ८ वटा बजेट, बढ्नुपर्ने आकार बर्सेनि घट्दो