बाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठक : यातायातको भाडा समायोजन गर्ने निर्णय
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहनुभएको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायात तर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उल्लेख गरे ।
उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने क्रममा श्रमको ज्याला, मोटरको पार्ट पुर्जाको विषयमा मूल्य निर्धारण गर्ने र मजदूरलाई उचित दुर्घटना बीमा र क्षतिपूर्ति भराउने तर्फ पनि प्रदेश यातायात निर्देशनालयलाई निर्देश गरिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण