अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन
बुधबार, ०२ भदौ २०७८, २२ : ४८

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
-
नेप्से परिसूचकमा सामान्य सुधार, ८ अर्ब ७४ करोडको कारोबार
-
पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
-
डोपिङमा परेका रबाडालाई आईपीएल खेल्न अनुमति
-
बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह