टुक्रिएपछि कर्णालीमा एमालेको पहिलो बैठक: एकताबद्ध हुन कँडेलको आग्रह
नेकपा एमाले टुक्रिएपछि कर्णालीमा उक्त पार्टीको पहिलो बैठक बसेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको बैठकले समसामयिक राजनीतिक विषयमा निर्णय गरेको जनाएको छ । बैठकमा एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले पार्टीका सबैको योगदान रहेकाले सबै एकतावद्ध हुन आग्रह गरेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा जिल्ला अध्यक्षहरुले जिल्लामा पार्टीको पछिल्लो स्थितिबारे रिपोर्टिङ गरेका छन् । बैठकमा रुकुम पश्चिम र जुम्लाबाहेक अन्य जिल्लामा नेपाली काँग्रेससँग मुख्य प्रतिष्पर्धा हुने नेताहरुले रिपोर्टिङ गरेको ती नेताले रातोपाटीलाई जानकारी दिए ।
बैठकमा नेताहरुले पार्टीलाई स्थानीय तहसम्म जागरण अभियान चलाउनुपर्ने धारणा राखेका थिए । साथै बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेकालाई कमिटीमा मनोनित गरेर अघि बढ्ने निर्णय गरेको पनि बताइएको छ । बैठकका निर्णय भने आधिकारिक रुपमा शुक्रबार सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण