कविता–गाउँको माया
शुक्रबार, ०४ भदौ २०७८, ११ : १३
-आर्यमन दाहाल
फेरि उहीँ मुस्कान सम्झेर
जान मन लागेको छ
त्यही लसुन र खोर्सानीको अचार सम्झेर
जान मन लागेको छ ।
नत्र किन भन्थेँ
साँच्चै हो
एकै दृश्यमा संसार भुल्ने
सन्तुष्टि सम्झेर
जान मन लागेको छ ।
नीलो आकासको प्रतिबिम्ब
पाउने फूलको सुगन्ध
हिमालको छायाँ छिचोल्ने
हावा मन्द मन्द
नत्र किन भन्थे
फेरि उही स्वतन्त्रता सम्झेर
जान मन लागेको छ
त्यही पोलेको आलु सम्झेर
जान मन लागेको छ
हो साँच्चै ?
विद्युत्बिनाको स्वाच्छन्दता सम्झेर
जान मन लमगेको छ ।
पहेँला पतझडको तिर्सना
लमतन्न गोरेटोहरूको निमन्त्रणा
पुस महिनाको न्यानो घाम
छैन सकेको बिर्सन
नत्र किन भन्थेँ
साँच्चै हो ?
फेरि उहीँ ‘टालेको टोपी’
कथा सुन्न जान मन लागेको छ
फेरि उहीँ नविकेका फलेका
फलको सुगन्ध सुँध्न
जान मन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण