माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?
आइतबार, ०६ भदौ २०७८, २१ : २३
नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो ।
माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छोडिएको छ ।
बैठकले जिल्ला समन्वय समितिको संयोजक समेत तोक्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण