सनराइज बैंकको संस्थापकबाट बाहिरिँदै बेगानी, ५० हजार कित्ता सेयर बिक्रीमा

सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् ।
बेगानीले संस्थापकबाट बाहिरिने घोषणासँगै अहिले बैंकले उनको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर संस्थापक भएकाले बैंकले पहिलो प्राथमिकता सोही बैंकका अन्य संस्थापक सदस्य अर्थात् अरु संस्थापक सेयरधनीहरूलाई खरिदको अवसर प्रदान गरेको छ । तर, तोकिएको समयावधिमा संस्थापकहरुबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा समेत खुल्ला गरिने बैंकले जनाएको छ ।
बैंकले ३५ दिनको म्याद राखी संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । सेयरको न्यूनतम बिक्री मूल्य १८५ रूपैयाँलाई आधार मानेर तोकिएको बैंकले जनाएको छ । हाल ५१.१० प्रतिशत संस्थापक सेयर रहेको बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ भने बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १०.५५ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’