सनराइज बैंकको संस्थापकबाट बाहिरिँदै बेगानी, ५० हजार कित्ता सेयर बिक्रीमा
सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् ।
बेगानीले संस्थापकबाट बाहिरिने घोषणासँगै अहिले बैंकले उनको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर संस्थापक भएकाले बैंकले पहिलो प्राथमिकता सोही बैंकका अन्य संस्थापक सदस्य अर्थात् अरु संस्थापक सेयरधनीहरूलाई खरिदको अवसर प्रदान गरेको छ । तर, तोकिएको समयावधिमा संस्थापकहरुबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा समेत खुल्ला गरिने बैंकले जनाएको छ ।
बैंकले ३५ दिनको म्याद राखी संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । सेयरको न्यूनतम बिक्री मूल्य १८५ रूपैयाँलाई आधार मानेर तोकिएको बैंकले जनाएको छ । हाल ५१.१० प्रतिशत संस्थापक सेयर रहेको बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ भने बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १०.५५ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण