कविता : बाछिटा
-मणिकुमार श्रेष्ठ
सागरको गहिराइ होइन
उचाइ चुम्न लम्केका यात्रीहरू
कठोर समय आएको छ
तिम्रो लागि
साना साना प्रेमको
बाछिटाले
दलन गर्न सक्छ यहाँ ।
हिमालको चुचुरोमा
टाकुरा खोज्न निस्केका
यात्रीहरू
तिम्रा आसमा
लमतन्न बसेका फाँटहरूले
तिम्रो प्रतीक्षा गरिरहेको छ
किनकि
ती फाँटहरूलाई
तिम्रा श्रमको बाछिटाले
उर्वर बजाउनुछ यहाँ ।
सुन्दर गाउँ बस्तीमा
सहरका सान खोज्न निस्केका
यात्रीहरू
छाडिदेऊ हामीलाई गाउँमा नै
किनकि यहाँको
सान छुट्टै छ
मान छुट्टै छ
इमान छुट्टै छ
अनि जमान छुट्टैै छ
त्यसैले त सहरको
पिज्जा वर्गरको बाछिटाभन्दा
मेरै गाउँको गुन्द्रुक ढिँडो
अनि अचारमा पोषण
बढी छ यहाँ ।
इमानदारिताको खोजीमा
निस्किएका दरिद्र मनहरू
छाडिदेऊ अब
सङ्कोच विचारलाई
त्यागिदेऊ तिम्रा
पाश्चात्य संस्कारलाई
तोडिदेऊ अब
ती साँघुरो घेरालाई
किनकि त्यहाँ
प्रेमको बाछिटा छ
पारिवारिक बाछिटा छ
नातापरक बाछिटा छ
उद्देश्यविहीन बाछिटा छ
त्यसैले
विश्व हाँक्न निस्किएका
यात्रीहरू
साना साना सम्बन्धको बाछिटालाई
रूपान्तरण गरी
फराकिलो घेरामा लैजाऊ
जहाँ तिम्रो आसमा
हजारौँ हजार
नवजवानहरूले पर्खिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण