नारायणगढ–मुग्लिन सडक सुचारु
शुक्रबार, ११ भदौ २०७८, ११ : ०७
गए रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको हो । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहेका सवारीहरू गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।
लगातार वर्षा भइरहेकाले सो सडकखण्डमा पहिरोको जोखिम कायम रहेकाले सतर्क भएर यात्रा गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण