१० खेलाडी सीमित चेल्सीसँग रोकियो लिभरपुल
१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो कार्ड पाए भने लिभरपुलले पेनाल्टी पायाो । जसलाई मोहमद शलाहले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा भने दुवै टोलीले गोल थप्न सकेनन् र खेल १–१ गोलकै अवस्थामा सकियो ।
शनिबार नै भएका अन्य खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले हरायो भने लेस्टर सिटीले नर्विचलाई २–१ गोलको पराजित गर्न सफल रह्यो । शीर्ष स्थानमा रहेको वेस्ट ह्याम भने क्रिस्टल प्यालेसँग २–२ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण