रियलमी सी–२० र सी–२१ नेपाली बजारमा, मूल्य कति ?
काठमाडौं । रियलमीले नेपालमा रियलमी सी–२० र सी–२१ भित्र्याएको छ । कम्पनीले यी दुई मोडल नेपालमा भित्र्याएसँगै दराज अनलाइनबाट प्रि–बुकिङ पनि शुरु गरिसकेको छ । कम्पनीका अनुसार आइतबारदेखि प्रि–बुकिङ खुलेपनि बजारमा भने सेप्टेम्बर १ देखि उपलब्ध हुनेछ ।
३२ जीबी मेमोरी र २ जीबी र्याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार ८ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी र्याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडिया टेक हेलियो जी–३५ प्रोसेसरका साथै २ सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी रहेको रियलमीले जनाएको छ ।
यो स्मार्ट फोनमा सुपर नाइट स्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि रहेको छ । कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको हो। सी–११ अब मात्र ११ हजार ९ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सी–११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको ५हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।
यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी ¥याम भएको यो स्मार्टफोन मात्र २७ हजार १ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी
-
भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण