१० हप्तामा कोरोनाका तीनथरी खोपका पाँच डोज लगाएपछि...
कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् ।
ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले एक स्थानीय व्यक्तिले यति कम समयमा पाँच डोज भ्याक्सिन कसरी लगाउन सफल भए भनेर अनुसन्धान थालेका छन् ।
आधिकारिक रेकर्डका अनुसार नाम नखुलाइएका एक व्यक्तिले मे महिनादेखि कोभिड–१९ भ्याक्सिन लगाउन सुरु गरे । थप अर्को खोप लगाउन गएका बेला उनलाई खोप केन्द्रका एक कर्मचारीले चिनेपछि उनको ‘भ्याक्सिनेसन म्याराथन’ बारे पत्ता लागेको हो ।
ब्राजिलियन मिडियाले प्राप्त गरेको रेकर्डका अनुसार ती व्यक्तिले पहिलो पटक मे १२ मा फाइजरको खोप लगाएका थिए । जुन ५ मा एस्ट्राजेनेकाको दोस्रो डोज लगाएका उनले जुन १७ मा कोरोनाभ्याकको दोस्रो डोज लगाएका थिए । साथै, उनले फाइजरको दोस्रो डोज जुलाई ९ मा लगाएका थिए भने २१ जुलाईमा कोरोनाभ्याकको पहिलो डोज हानेका थिए । छैटौं डोज उनले के को हान्न लागेका थिए भनेर स्पष्ट जानकारी प्राप्त छैन ।
अडिटी सेन्ट्रल अनुसार सुरुमा ती व्यक्तिको भ्रमित पारिदिने कोभिड–१९ भ्याक्सिनेसन रेकर्ड अनलाइनमा हुने गल्ती हो कि ठानिएको थियो तर ग्लोबोका अनुसार रियोको महानगरीय स्वास्थ्य विभागले गरेको अनुसन्धानले यो रजिस्ट्रेशनसम्बन्धि समस्या नभएको स्पष्ट पारेको छ ।
ती व्यक्तिले दोस्रो डोज लगाउनु अघि पहिलो डोज लगाएका थिए थिएनन् भन्ने पनि जानकारीमा उल्लेख छैन । उनले खोप केन्द्रमा भएका व्यक्तिलाई जे भनिदिए, उनीहरुले त्यसैलाई आधार माने ।
‘ती व्यक्तिले लगाएको खोपको विवरण सिस्टममा अपडेट गर्न नसक्दा यस्तो भएको हो वा यसमा अन्य पनि कारण छन् किभनेर अनुसन्धान भइरहेको छ,’ रियो महानगरीय स्वास्थ्य विभागले एक वक्तव्यमा भनेको छ ।
यो खबर यस्तो समयमा प्रकाशित भएको हो जब ब्राजिल खोपको चरम अभावसँग जुधिरहेको छ । यहाँका लाखौं मानिस खोपको पहिलो डोज नै कुरेर बसेका छन् । केही व्यक्तिले खोपको तेस्रो डोज लगाएको खबर ब्राजिलका मिडियाले यदाकदा प्रकाशित त गरेका थिए तर पाँच डोज भ्याक्सिन लगाएको यो घटना पहिलो हो ।
६ डोज लगाएका व्यक्तिको स्वास्थ्य स्थिति कस्तो होला भनेर जान्न मन लागेको भए, उनी सामान्य स्थितिमा भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण