‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त
शुक्रबार, २५ भदौ २०७८, १२ : ४२
फिल्म ‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त गरिएको छ । गोविन्द गौतमको निर्देशन रहने फिल्मको शुक्रबार मकवानपुरको चैनपुर राक्सिराङमा एक कार्यक्रमका बीच मुहूर्त गरिएको हो । चेपाङ समुदायको कथामा निर्माण हुन लागेको फिल्म निर्देशक गौतमले नै लेखेका हुन् ।
फिल्मको छायाँकन तिहारपछि मात्र सुरु हुन कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बनियाँलगायतका कलाकारको अभिनय रहनेछ ।
रामशरण कोइराला एसोसिएट निर्देशक रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहनेछ । फिल्म यसै वर्षको अन्त्यसम्म प्रदर्शनमा ल्याइने निर्देशक गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण