ओखलढुंगामा भाइले गरे दाजुको हत्या
शुक्रबार, २५ भदौ २०७८, १६ : ५७

ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् ।
हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । घटनापछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि रामेछाप पठाएको छ । आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
-
अशोक सिंह विष्टसहितका नेविसंघका ६ जना नेता निष्कासित
-
मुम्बई र पञ्जाबको आईपीएल खेल धर्मशालाबाट अहमदाबाद सारियो
-
मकवानपुर महिला गोल्डकपको उपाधि एपीएफले जित्यो
-
एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ