ओखलढुंगामा भाइले गरे दाजुको हत्या
शुक्रबार, २५ भदौ २०७८, १६ : ५७
ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् ।
हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । घटनापछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि रामेछाप पठाएको छ । आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण