'खुसीको पोको'ले ल्याएको मुस्कान, तस्बिरहरु हेर्नुहाेस्
सीतापाइला प्राविधिक विद्यालयको एउटा हल । ससाना विद्यार्थीहरू विभिन्न भेषभूषामा सजिएर, हातमा बेलुन लिएर बसेका थिए । उद्घोषकले बिस्तारै सबैको नाम बोलाउँदै स्टेजमा बोलाउँथे अनि प्रमुख अतिथिहरूले हरेक विद्यार्थीको हातमा एउटा हरियो झोला थमाउँथे ।
अनि छेवैमा राखिएको कार्टुनबाट मुठ्ठी भर चकलेट पाउँदा विद्यार्थीहरूको खुसीको सीमा नै थिएन । उनीहरू सकिनसकि आधा दर्जन कपी, १ दर्जन सीसा कलम, दाँत माझ्ने ब्रस, दन्तमन्झन, तौलिया र साबुन भएको झोला बोकेर निस्किरहेका थिए । सँगै रहेका शिक्षक–शिक्षिकाहरुले उनीहरुलाई सघाइरहेका थिए ।
“सरहरूले दिनुभएको यो झोला साह्रै गह्रुँगो रैछ तर यसमा हामीलाई चाहिने सबै कुरा छ । म यो घरमा लगेर आमालाई दिन्छु । उहाँले मलाई चाहिएको बेला निकालेर दिनुहुन्छ । नयाँ कपी अनि कलम पनि छ मलाई त साह्रै रमाइलो लागेको छ,” सात वर्षकी मनिता तामाङले रातोपाटीलाई भनिन् ।
नेपाल शिक्षक सङ्घ नागार्जुन शाखाले बाल दिवसको अवसरमा नगरपालिकामा रहेका १८ वटा विद्यालयका सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो ।
तस्बिरहरु हेर्नुहाेस्
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण