राप्रपा कास्कीको अध्यक्षमा गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
राप्रपा कास्कीको जिल्ला सदस्यहरूमा मनिष केसी, प्रताप सुबेदी, वसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सूर्य पुन, श्रवणराज पन्त, गंगा थापा क्षेत्री, ईश्वरी चापागाईँ, ओम बहादुर कार्की, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोइराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुवेदी, लक्ष्मी अधिकारी, ईन्द्रकुमारी शाही, गणेश बहादुर ढकाल, सीता जिसी र जगत सुवेदी रहेका छन् ।
राप्रपा कास्कीका अध्यक्ष निर्वाचित भएका गुरुङ निर्माण व्यवसायी समिति पोखराका समेत अध्यक्ष हुन् । हाल अध्यक्ष मात्रै चयन गरी कार्यसमिति विस्तार गरिए पनि चाँडै नै अध्यक्षले सदस्यहरूमध्येबाटै पदाधिकारी चयन गरी जिम्मेवारी दिने कार्ययोजना रहेको राप्रपा कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण