न्यायालय
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
मङ्गलबार, ०५ साउन २०८३, १७ : १४
सारांश
- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री रामशरण महतलाई विशेष अदालतले मुलतबीमा राख्न अस्वीकार गरेको छ ।
- विशेष अदालतका न्यायाधीशहरूको संयुक्त इजलासले महतको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी कानुनबमोजिम आदेश दिने निर्णय गरेको छ ।
- यसअघि अदालतले यस विषयमा अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन मागेको थियो ।
काठमाडौँ । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो ।
‘प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजिम हाल मुलतबी राख्न मिलेन । कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ ।यसअघि अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण