सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना खोप
आइतबार, ०३ असोज २०७८, १७ : ००
सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।
त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।
सरकारले मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका जिल्लामा असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण