विजयकुमार गच्छदारको घोषणा : सभापतिमा उम्मेदवारी दिने इच्छा छैन
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् । बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा गच्छदारले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।'
आफू नेपाली काँग्रेसकै पक्षमा उभिएको बताउँदै उनले भने, 'म नेपाली काँग्रेसको सभापतिमा प्रतिस्पर्धा छैन । म सभापतिको उम्मेदवार होइन । सभापतिमा प्रतिस्पर्धा गर्दिन । महाधिवेशन सबैका लागि हाे । मेराे लागि पनि हाे ।' काँग्रेसकाे १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे । त्यसका लागि नेताहरुलाई आफूलाई आग्रह गरेकाे उनले बताए ।
कुन पदमा उमेद्वारी दिनुहुन्छ भन्ने सञ्चारकर्मो प्रश्नमा उनले समय आएपछि निर्णय लने बताए ।
उनले ललिता निवास प्रकरणमा आफु अदालतमा उपस्थित हुनु र प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु संयोगमात्र भएको दावी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
