एमाले विधान महाधिवेशन : मास्क र सेनिटाइजर अनिवार्य
असोज १५–१७ मा हुने एमालेको विधान महाधिवेशनमा भाग लिन देशैभरका ५ हजार बढी प्रतिनिधि काठमाडौँमा भेला हुँदैछन् । ललितपुरको गोदावरीमा हुने तीन दिने महाधिवेशनको तयारीलाई तीव्र बनाएको एमाले अहिले प्रचार प्रसारदेखि प्रतिनिधि व्यवस्थापन र कार्यक्रम हुने हल व्यवस्थापनको काममा जुटेको छ । ‘अहिले हल व्यवस्थापनदेखि अन्य विभिन्न व्यवस्थापनका कामहरू भइरहेका छन्’, विधान महाधिवेशन व्यवस्थापन समितिका सदस्य खिमलाल भट्टराईले भने, ‘पूर्ण तयारी १४ गते सकिन्छ ।’
मुलुकमा कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला हुन लागेको एमालेको विधान महाधिवेशनमा सहभागी हुन आउनेलाई मास्क र सेनिटाइजर अनिवार्य गर्ने गरी व्यवस्थापनको काम भइरहेको एमालेले जनाएको छ । ‘महाधिवेशनमा सहभागी हुन आउने सबै प्रतिनिधिको ज्वरो नापिन्छ, मास्क र सेनिटाइजर अनिवार्य गरेर मात्रै कार्यक्रमस्थलमा प्रवेश गराउने गरी तयारी भइरहेको छ’, व्यवस्थापन समितिका अर्का सदस्य विनोद श्रेष्ठको भनाइ छ ।

उनले अधिकांश प्रतिनिधिहरूले कोरोनाविरुद्धको खोप लगाइसकेकाले डराउनुपर्ने अवस्था नरहेको पनि बताए । ‘अव त अधिकांशले खोप पनि लगाइसक्नुभएको छ । तर पनि सुरक्षाका न्यूनतम मापदण्डको फलो हुन्छ । मास्क र सेनिटाइजर कार्यक्रम स्थलमै उपलब्ध गराउँछौ’, श्रेष्ठले पीसीआर वा एन्टिजेन परीक्षण गर्ने बारेमा भने छलफल भए पनि कुनै निर्णय भैनसकेको बताए । विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिले आवासको व्यवस्था भने आफैले गर्नुपर्नेछ ।
‘प्रदेशगत हिसाबमा प्रदेश कमिटीको समन्वयमा आवासको व्यवस्थापन प्रतिनिधि आफैले गर्नुहुन्छ । तर आयोजक समितिलाई को कहाँ बसेको छ भन्ने जानकारी दिनुपर्छ’, श्रेष्ठको भनाइ छ । उनले महाधिवेशन अवधिभर बिहानको खाना र खाजाको व्यवस्था हुने तर बेलुकाको खाना र आवास आफैले गर्नुपर्ने बताए । त्यस्तै आफ्नो सवारी साधन नहुनेलाई सातदोवाटोबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था गर्ने तयारी भइरहेको व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
