'हाइपसरसोनिक' क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी
बुधबार, १३ असोज २०७८, १० : ३६
उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक हतियार भनिएको छ ।
उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ । यस्तो अवस्थामा उत्तरले पनि निरन्तर रूपमा हतियार निर्माण गरिरहेको छ ।
मंगलबार मिसाइल लन्च कार्यक्रममा सर्वोच्च किम उन जोङ उपस्थित थिएनन्, तर शीर्ष अधिकारी पाक जोङ चोन यस कार्यक्रममा उपस्थित रहेको केसीएनएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण