मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर फेरि पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले फेरी पक्राउ गरेको छ । एसिड प्रहार गर्ने मध्येका रौतहटको परोहा गाउँपालिका–७ घर भई बीरगञ्ज बस्ने समशाद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
२०७६ भदौ २० मा मुस्कानमाथि बीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो । तत्काल पक्राउ गरिएका समाशाद अदालतको आदेशले पुर्पक्षका लागी थुनामा थिए । तर, कोभिड–१९ संक्रमणका कारण अदालतले २०७६ चैत ११ मा उनलाई परिवारको जिम्मा लगाउने आदेश गरेको थियो ।
२०७७ फागुन २६ मा अदालतले बाँकी कैद ५ महिना १६ दिन थुनामा राख्नेगरी १ बर्ष कैद सजायको फैसला गरेको हुनाले फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको डिएसपी खनालले बताए । एसिड प्रहार गर्दा समशाद १७ वर्षका थिए । अहिले उनी १९ वर्ष भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय