मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर फेरि पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले फेरी पक्राउ गरेको छ । एसिड प्रहार गर्ने मध्येका रौतहटको परोहा गाउँपालिका–७ घर भई बीरगञ्ज बस्ने समशाद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
२०७६ भदौ २० मा मुस्कानमाथि बीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो । तत्काल पक्राउ गरिएका समाशाद अदालतको आदेशले पुर्पक्षका लागी थुनामा थिए । तर, कोभिड–१९ संक्रमणका कारण अदालतले २०७६ चैत ११ मा उनलाई परिवारको जिम्मा लगाउने आदेश गरेको थियो ।
२०७७ फागुन २६ मा अदालतले बाँकी कैद ५ महिना १६ दिन थुनामा राख्नेगरी १ बर्ष कैद सजायको फैसला गरेको हुनाले फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको डिएसपी खनालले बताए । एसिड प्रहार गर्दा समशाद १७ वर्षका थिए । अहिले उनी १९ वर्ष भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण