प्रदेश २ मा एमाले संसदीय दलको नेता चयन
बिहीबार, १४ असोज २०७८, २२ : ११
नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई चयन गरिएको छ । प्रमुख सचेतकमा चयन भएका साहले बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।
यसबारे प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइसकिएको बताउँदै उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिनेछ ।’ सर्वोच्च अदालतको अध्यादेशपछि ब्यूँतिएको नेकपा एमालेमा विभाजनलगत्तै लामो समयदेखि संसदीय दलका नेता लगायतका पद रिक्त थियो ।
एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि अहिले प्रदेशसभामा एमालेका ८ जना र एकीकृत समाजवादीका १३ जना प्रदेशसभा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण