सामसङ ‘ग्यालेक्सी एम५२ फाइभजी’ नेपाली बजारमा, मूल्य कति ?
मङ्गलबार, १९ असोज २०७८, १७ : ०४
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।
ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।
ग्यालेक्सी एम५२ फाइभजी एम सिरिज अन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएमको रहेको छ । यस अघिका फोनहरुमा भन्दा यो फोन २१ प्रतिशत पातलो रहेको छ । नयाँ ग्यालेक्सी एम५२ मा पावर प्यक्ड शक्तिशाली स्न्यापड्रागन ७७८जी प्रोसेसरको साथ ६ एनएम चिपसेट रहेको छ ।
यसैगरी, ६जीबी प्लस १२८जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ तथा ८जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५० हजार ९९९ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी
-
भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण