खैरो हेरोइनसहित एक युवती पक्राउ
शुक्रबार, २२ असोज २०७८, १० : १७

कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । आरोपी धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा लिएर बस्दै आएकी छिन् ।
वडा प्रहरी कार्यालय धनगढी बाट खटिएको टोलीले उनको डेराबाट सो लागुऔषध बरामद गरेको हो । आरोपीबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय