खैरो हेरोइनसहित एक युवती पक्राउ
शुक्रबार, २२ असोज २०७८, १० : १७
कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । आरोपी धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा लिएर बस्दै आएकी छिन् ।
वडा प्रहरी कार्यालय धनगढी बाट खटिएको टोलीले उनको डेराबाट सो लागुऔषध बरामद गरेको हो । आरोपीबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण