झुक्किएर मानिसहरुले श्रीमान्–श्रीमतीलाई आमा–छोरी भनेपछि....
समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के होला । यस्तै, भएको छ एक समलिंगी जोडीका सवालमा । व्हिटनी र मेगन बेकनको जोडीलाई मानिसहरु आमा–छोरीजस्तै ठान्छन् । विवाहको दिन पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए ।
बेलायतको वर्कशायरस्थित विन्डसरमा बस्ने यो लेस्बियन जोडी सामाजिक सञ्जालमा पनि निकै चर्चित छ । उनीहरुको टिकटकमा ९० हजारभन्दा धेरै फलोअर्स छन् । आफुलाई आमा–छोरी भनिदिँदा कस्तो महसुस हुन्छ भन्ने अनुभव समेटेर पनि उनीहरुले भिडियो पोस्ट गर्ने गरेका छन् र यस्ता पोस्टमा अहिलेसम्म १८ लाखभन्दा धेरै लाइक्स आइसकेको छ ।
मिरर युकेको रिपोर्टअनुसार यस दम्पतीले २०१७ मा क्यालिफोर्नियामा विवाह गरेको थियो । मेगनका अनुसार यतिबेला विवाहका लागि कपडा खरिद गर्दा पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए । र, वास्तविक बुझेपछि ती मानिसहरुले माफी पनि मागे ।
व्हिटनीको उमेर ३३ वर्ष र मेगनको उमेर ३४ वर्ष भयो । मेगन बेकन पति र व्हिटनी पत्नी हुन् । तर, मेगन वास्तविक उमेरभन्दा केही पाको देखिन्छन् । त्यहीकारण मानिसहरुले उनलाई आमा ठान्ने गरेका छन् । यसबारे मेगनले भनेकी छिन्, ‘जब मानिसहरुले हामीलाई आमा–छोरी भन्छन् । तब मलाई निकै दुःख लाग्छ । किनकी, म आफ्नी पत्नीकी आमा बराबरको बुढो देखिन चाहन्न ।’
यद्यपि, टिकटक फलोअर्सले भने उनीहरुलाई चिनिसकेका छन् । उनीहरुले यो सुन्दर जोडीको जमेर तारिफ गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण