बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का मुख्यमन्त्रीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

शुक्रबार, ०५ कात्तिक २०७८, १४ : ५३
शुक्रबार, ०५ कात्तिक २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् । नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप