साताको कार्टुन : जनताको दुःखमाथि सत्ताको मजाक
आइतबार, ०७ कात्तिक २०७८, ०६ : ४२
गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार र सत्तारुढ दलका नेताले भने भद्दा नाटक मञ्चन गरिरहे । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि त पुगे तर त्यहाँ उनको स्वागतमा गरिएको तामझामको यतिबेला चर्को आलोचना भइरहेको छ । वास्तविक पीडितले त प्रधानमन्त्री आएको–गएको पत्तो नै पाएन भनिरहेका छन् । उता, सत्तारुढ दलकै अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको बेला जनताको साथमा हुनुपर्नेमा सोही समय र्याफ्टिङ र जीपलाइनको मज्जा लिइरहेका थिए । सामाजिक सञ्जालमा उनको तस्बिरमा प्रतिक्रिया आइरहेका थिए – रोम जलिरह्यो, निरो बाँसुरी बजाइरहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण