आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ

सोमबार, ०८ कात्तिक २०७८, १६ : ०१
सोमबार, ०८ कात्तिक २०७८

विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो ।

छनौटमा परेका विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिष्पर्धामा सामसङ अगाडी आउन सफल भएको हो । फोर्ब्सले बर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले वर्षेनी आफ्नो अग्रस्थान कायम गर्दै आइरहेको छ । 

फोर्ब्सको छनौटमा परेका शीर्ष २० कम्पनीहरूमा सामसङपछि दोस्रो स्थान आइवीएमले लिन सफल भएको छ । यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, विएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।

कोरोना महामारीका कारण विश्व बजार नै अप्ठ्यारोमा परेका वेला समेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ । नेपालमा पनि दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनि सामसङको महत्वपूर्ण हिस्सा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप