आलोचनाबीच पनि फेसबुक अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल
फेसबुकको आन्तरिक दस्तावेज लिक भएपछि आलोचना हुँदा पनि फेसबुकले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल भएको छ । फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बीचमा नौ अर्ब डलरको मुनाफा गरेको छ । जबकि पछिल्लो वर्ष यो कमाई ७.८ अर्ब डलर रहेको थियो ।
फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हेगनले फेसबुकमाथि अनैतिक व्यवहार गरेको आरोप लगाएको बेला यो नतिजा बाहिर आएको हो । हेगनले फेसबुकको कयौँ आन्तरिक दस्तावेज मिडियामा प्रकाशित गरेकी थिइन् । उनले कम्पनीमाथि प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीमा बढी महत्त्व दिएको आरोप लगाएकी थिइन् ।

दस्तावेजलाई उद्धृत गर्दै कयौँ मिडिया रिपोर्टमा फेसबुक ‘हेट स्पिच’ र अमेरिका बाहिर मानव तस्करी बढावा दिने सामग्रीलाई नियन्त्रण गर्न असफल भएको उल्लेख गरिएको थियो । फेसबुकका संस्थापक मार्क जकरबर्गले सोमबार लगानीकर्तालाई दस्तावेजको प्रयोग गरेर कम्पनीको झूटो तस्बिर प्रस्तुत गर्ने प्रयास भइरहेको दाबी गरेका थिए । फेसबुकका अनुसार एक वर्षमा उसको प्रयोगकर्ता ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण