आलोचनाबीच पनि फेसबुक अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल

फेसबुकको आन्तरिक दस्तावेज लिक भएपछि आलोचना हुँदा पनि फेसबुकले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल भएको छ । फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बीचमा नौ अर्ब डलरको मुनाफा गरेको छ । जबकि पछिल्लो वर्ष यो कमाई ७.८ अर्ब डलर रहेको थियो ।
फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हेगनले फेसबुकमाथि अनैतिक व्यवहार गरेको आरोप लगाएको बेला यो नतिजा बाहिर आएको हो । हेगनले फेसबुकको कयौँ आन्तरिक दस्तावेज मिडियामा प्रकाशित गरेकी थिइन् । उनले कम्पनीमाथि प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीमा बढी महत्त्व दिएको आरोप लगाएकी थिइन् ।
दस्तावेजलाई उद्धृत गर्दै कयौँ मिडिया रिपोर्टमा फेसबुक ‘हेट स्पिच’ र अमेरिका बाहिर मानव तस्करी बढावा दिने सामग्रीलाई नियन्त्रण गर्न असफल भएको उल्लेख गरिएको थियो । फेसबुकका संस्थापक मार्क जकरबर्गले सोमबार लगानीकर्तालाई दस्तावेजको प्रयोग गरेर कम्पनीको झूटो तस्बिर प्रस्तुत गर्ने प्रयास भइरहेको दाबी गरेका थिए । फेसबुकका अनुसार एक वर्षमा उसको प्रयोगकर्ता ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते