कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप
काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
किशोरीलाई प्रशिक्षक शाही र कराँते खेलाडी सन्देश बाँस्कोटाले रौतहटमा सामूहिक रूपमा पनि बलात्कार गरेको आरोप छ । १९ वर्षीय बाँस्कोटालाई काठमाडौँ प्रहरीले असोज १२ मा पक्राउ गरेको थियो । रौतहटको चन्द्रपुरमा आयोजित ‘मेयर कप राष्ट्रिय प्रतियोगिता–०७७’ मा सहभागी हुन जाँदा उनीहरूले सामूहिक रूपमा बलात्कार गरेका थिए ।
सन्देशलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको एसपी बस्नेतले बताए । ‘चन्द्रपुरमा २०७७ फागुन ८ मा दुईजनाले बलात्कार गरेको जाहेरी परेको छ,’ एसपी बस्नेतले भने–‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ ।’ ३५ वर्षीय सागर चाहिँ फरार छन् । काठमाडौँमा सागर शाहीले र चन्द्रपुरमा दुवैजना मिलेर सामूहिक बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण