निर्वाचन क्षेत्रमा प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र चितवनको माडी पुगेका छन् । मंगलबार चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरेका हुन् । उनले माडीस्थित गठबन्धन दलका प्रतिनिधिहरूसँग समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए । उनले गठबन्धन दलका सहयात्रीहरूले खेल्नुपर्ने भूमिका र समग्र माडीको विकासका बारेमा पनि चासो व्यक्त गरेका उनको निजी स्रोतले बतायो ।

उनी माडीको प्रमुख पर्यटकीयस्थल सोमेश्वर गढीमा मर्निङ वाकमा पुगेका थिए। करिब एक किमि पैदल हिँडेर प्रचण्ड सोमेश्वर पुगेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले गढीमा कुदिएका ५३ वटा कलात्मक विशाल मूर्तिहरूको अवलोकन पनि गरे । सोमेश्वर गढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।

माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वर गढी पुगेका थिए । मेयर ढकालले सोमेश्वर गढीमा सिँढी निर्माण र भ्युटावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएको बताए । सोमेश्वर गढीमा २०७७ मा ढुंगामा मूर्ति कुदिएको थियो । सोमेश्वर गढी नेपाल–भारत सीमा स्तम्भ समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण