भारतको भर अफगानिस्तानमाथि
टी–२० विश्वकपमा आइतबार पहिलो खेलमा अफगानिस्तान र न्युजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । यही खेलले प्रतियोगितामा भारतको भविष्य निर्धारण गर्नेछ । यो खेलमा अफगानिस्तान विजयी भयो भने मात्र भारत सेमिफाइनलमा पुग्ने बाटो खुला हुनेछ । न्युजिल्याण्डले जीत हासिल गरे भारत स्वतः प्रतियोगिताबाट बाहिरिनेछ ।
न्युजिल्याण्ड र अफगानिस्तान दुवै टोली सेमिफाइनलमा होडमा कायम रहेको छ । न्युजिल्याण्डका लागि समीकरण सिधा छ – खेल जित्नु छ र सेमिफाइनलमा प्रवेश गर्नुछ । अफगानिस्तानलाई भने सेमिफाइनलमा प्रवेश पाउनका लागि न्युजिल्याण्डलाई ठूलो अन्तरले हराउनुपर्नेछ ।
अफगानिस्तानको जीतले भारतलाई फाइदा पुग्नेछ । किनभने भारतको अन्तिम खेल सोमबार नामिबियासँग छ । आजको खेलमा अफगानिस्तान जिते भारतलाई खेलअघि नै कति अन्तरको जीत हासिल गर्नुपर्नेछ भन्ने थाहा हुनेछ । आज नै दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड भिड्दैछन् । हालसम्म अपराजित रहेको पाकिस्तान यसअघि नै समूहबाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानसँगै इंग्ल्याण्ड र अस्ट्रेलिया पनि अन्तिम चारमा स्थान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण