बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतको भर अफगानिस्तानमाथि

आइतबार, २१ कात्तिक २०७८, ११ : ०१
आइतबार, २१ कात्तिक २०७८

टी–२० विश्वकपमा आइतबार पहिलो खेलमा अफगानिस्तान र न्युजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । यही खेलले प्रतियोगितामा भारतको भविष्य निर्धारण गर्नेछ । यो खेलमा अफगानिस्तान विजयी भयो भने मात्र भारत सेमिफाइनलमा पुग्ने बाटो खुला हुनेछ । न्युजिल्याण्डले जीत हासिल गरे भारत स्वतः प्रतियोगिताबाट बाहिरिनेछ ।

न्युजिल्याण्ड र अफगानिस्तान दुवै टोली सेमिफाइनलमा होडमा कायम रहेको छ । न्युजिल्याण्डका लागि समीकरण सिधा छ – खेल जित्नु छ र सेमिफाइनलमा प्रवेश गर्नुछ । अफगानिस्तानलाई भने सेमिफाइनलमा प्रवेश पाउनका लागि न्युजिल्याण्डलाई ठूलो अन्तरले हराउनुपर्नेछ ।

अफगानिस्तानको जीतले भारतलाई फाइदा पुग्नेछ । किनभने भारतको अन्तिम खेल सोमबार नामिबियासँग छ । आजको खेलमा अफगानिस्तान जिते भारतलाई खेलअघि नै कति अन्तरको जीत हासिल गर्नुपर्नेछ भन्ने थाहा हुनेछ । आज नै दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड भिड्दैछन् । हालसम्म अपराजित रहेको पाकिस्तान यसअघि नै समूहबाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानसँगै इंग्ल्याण्ड र अस्ट्रेलिया पनि अन्तिम चारमा स्थान बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप