यसकारण चलचित्रबाट टाढा भएँ : भाग्यश्री
बलिउड अभिनेत्रीले ठूलो पर्दामा कम्ब्याक गरेकी छन् । करिब एक दशकपछि उनले स्क्रिनमा देखिएकी हुन् । हालै उनलाई ‘थलाइवी’ चलचित्रमा देखिएको थियो । भाग्यश्रीलाई अन्तिम पटक सन् २०१० मा ‘रेड अलर्ट : द वार विदइन्’ मा देखिएको थियो । कुनै जमानाको चर्चित अभिनेत्री आखिर किन एकाएक गायब बनिन् त ? हालै एक अन्तरवार्तामा भाग्यश्रीले आफू फिल्म नगरीबाट टाढा रहनुको कारण खुलाइन् ।
भाग्यश्रीका अनुसार सन् २०१४–१५ मा टेलिभिजन शो ‘लौट आओ त्रिशा’ को सुटिङ चलिरहेको थियो । यस दौरान उनले आफ्नो हातलाई सिधा चलाउन पनि सकिरहेकी थिइनन् । करिब एक वर्षको देखभालपछि मात्र यो समस्या निको भएको उनको भनाइ थियो । ‘स्टानफोर्ड विश्वविद्यालयमा मैले न्युट्रिसन र फिटनेसको पढाइ गरेँ,’ उनले भने, ‘डाक्टरहरूले अपरेशन नै गर्नुपर्ने बताएका थिए । तर मैले आफूलाई आफै निको पारे । डाक्टरहरु नै मलाई हेरेर चकित भएका थिए ।’

सन्१९८९ मा रिलिज भएको चलचित्र ‘मैने प्यार किया’ मा भाग्यश्रीले बलिउडमा डेब्यू गरेकी थिइन् । उनी रातारात स्टार बनिन् । उनलाई ‘उत्कृष्ट फिमेल डेब्यू’ का लागि अवार्ड पनि मिल्यो । उनी अहिले ५२ वर्षकी पुगेकी छन् तर आज पनि उस्तै फिट देखिन्छन् । उने सामाजिक सञ्जालमा फिटनेस सम्बन्धी भिडियोहरू शेयर गरिरहेकी हुन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण