वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध
उपाधि दाबेदार लिभरपुल वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । लगातार २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रेको लिभरपुल ३–२ गोलले पराजित भएको हो ।
गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल खेलको सुरुवातमा नै पछि परेको थियो । तर पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा फोर्नाल्सले वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । सात मिनेटपछि नै कर्ट जोउमाले वेस्ट ह्यामको अग्रता फराकिलो बनाए । ८३ औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

पराजयपछि लिभरपुल लिगको चौथो स्थानमा खस्किएको छ भने वेस्ट ह्याम लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा रहेको छ । ११ खेलपछि लिभरपुलको २२ अङ्क छ भने वेस्ट ह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै २३ अङ्क रहेको छ ।
आइतबार नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डमाथि संघर्षपूर्ण जीत निकालेको छ । आर्सनलको जीतमा एमिल स्मिथ रोवीको एक मात्र गोल निर्णायक बनेको थियो । जीतसँगै आर्सनल २० अङ्क बटुल्दै लिगको पाचौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्यामले एभर्टनसँग गोलरहित बराबरी खेल्यो भने लिड्स र लेस्टर सिटीले पनि बराबरी खेल्न बाध्य बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण