इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको
बार्सिलोनाले तीन गोलको अग्रता गुमाउँदै सेल्टा भिगोसँग ३–३ को बराबरी खेलेको एक दिन पनि नबित्दै साबिक विजेता एथ्लेटिको म्याड्रिडले इन्जुरी समयमा ३–१ को अग्रता गुमाउँदै भ्यालेन्सियासँग ३–३ कै बराबरी खेल्न बाध्य बनेको छ ।
इन्जुरी समयको सुरुवातसम्म एथ्लेटिकोले ३–१ को अग्रता कायम राखेको थियो । तर, ह्युगो डुरोले खेलको ९२ र ९६ औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अंक बाँड्न बाध्य बनाए । खेलमा अग्रता भने एथ्लेटिकोले लिएको थियो । लुइस सुवारेजले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा स्टेफन साभिचले आत्मघाती गोल गरे पछि भ्यालेन्सियाले एक गोल फर्कायो तर लगत्तै एन्टोनी ग्रिजमान र सिमे भर्साल्कोले दुई मिनेटको अन्तरमा गोल गर्दै एथ्लेटिकोको अग्रता फराकिलो बनाए । जीततर्फ अघि बढिरहेको एथ्लेटिकोलाई डुरोले इन्जुरी समयमा स्तब्ध बनाए । बराबरीपछि एथ्लेटिको २३ अंकसहित लिगको चौथो स्थानमा सिमित बनेको छ । भ्यालेन्सिया १७ अंकसहित लिगको १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण