नेपालसँग सिधा फ्लाइट गर्न इन्डोनेसियाले देखायो इच्छा

इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्न इच्छा देखाएको छ । दुई वर्षअघि नै इन्डोनेसिया सरकारले नेपालसँग सिधा फ्लाइटका लागि सहकार्यको प्रस्ताव पठाए पनि हालैमात्र पुनः अर्को प्रस्ताव पठाएको हो । केही महिनाअघि मात्र इन्डोनेसियाले दुई देशबीच नियमित उडानका लागि सम्झौता गर्न मागपत्र पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यद्यपि, सो बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको बताएको छ ।
‘नेपाल–इन्डोनेसिया सिधा फ्लाइटको सहकार्यको प्रयास पहिले देखिकै हो । बीचमा कोभिडका कारण रोकिन पुग्यो र फेरि शुरु भएको छ । पुनः इन्डोनेसियाले उडान अनुमति माग गरेको छ’ पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने, ‘दुई देशबीचको उडानको सम्भावना कत्तिको छ, सो अहिले हामी अध्ययनमै छौं ।’
यस्तै, पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछानेले इन्डोनेसियाको उक्त प्रस्ताव नेपालले सकारात्मक रुपमा लिएको र के कसरी अघि बढ्न सकिन्छ अध्ययन गरिरहेको बताए । उडान संख्या, यात्रु तथा गन्तव्यका बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
प्रस्ताव अनुसार इन्डोनेसियाको गरुडा एयरलाइन्सले नेपालमा नियमित उडानका लागि इच्छा देखाएको छ । यसका लागि कम्पनीले नेपाल स्थित एजेन्ट समेत नियुक्त गरिसकेको छ । तथापि, कुनैपनि देशमा नियमित उडानका लागि सोही देशको अनुमति चाहिने हुँदा सरकारी स्वामित्वको एयर गरुडाले नेपालसँग सम्झौता चाहेको हो ।
यसैले पछिल्लो समय इन्डोनेसियाले पुनः नेपाललाई उडान सहमतिको प्रस्ताव पठाएको छ भने नेपालले ग्रीन सिग्नल दिएको छ । नेपाल–इन्डोनेसिया दुबै पर्यटकीय मुलुकहरु हुन् । यी देशबीच सिधा नियमित उडान हुनसके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी
-
आमा बनिन् अभिनेत्री रुविना थापा
-
बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले
-
२८ दिनमा सकियो ‘मन बिनाको धन’ को सुटिङ