बुटवलको नयाँ गाउँमा आगलागी
सोमबार, २२ कात्तिक २०७८, २० : ४९
बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक पिच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले आगोलाई तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको बताए ।
आगलागीबाट स्थानीय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आंशिक क्षति भएको केसीले बताए । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण