बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको नयाँ गाउँमा आगलागी

सोमबार, २२ कात्तिक २०७८, २० : ४९
सोमबार, २२ कात्तिक २०७८

बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक पिच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले आगोलाई तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको बताए ।

आगलागीबाट स्थानीय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आंशिक क्षति भएको केसीले बताए । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप