ट्रकको ठक्करबाट एक युवकको मृत्यु
मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्वरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्वरको लहरी ट्रकले मंगलबार बिहान साढे ६ बजेको समयमा ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक पुडासैनीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए । ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण