वायु प्रदुषणले पुरुषको प्रजनन् क्षमतामा प्रभाव पार्ने
धेरै प्रदुषण भएको ठाउँ पुरुषका लागि धेरै घातक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदुषणका कारण विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्रजनन् क्षमतामा पनि असर पार्छ । वायु प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र शुक्रकिटको संख्या प्रभावित गर्छ । यो एउटा रिसर्च पत्रिकामा प्रकाशित भएको छ । तर, यसअघि पनि तातो हावाले शुक्रकिटमा असर पार्ने खुलेको थियो ।
प्रदुषित हावामा सास फेर्दा पुरुषका लागि खतरनाक साबित हुन सक्छ । पुरुषमा बच्चा बनाउने क्षमतामा पनि कमि आउँछ । तनावपूर्ण स्थितीमा मस्तिष्कसँग प्रजनन् अंगको सीधा सम्बन्ध हुन्छ । जसले प्रजनन् क्षमतालाई असर पार्छ । र शुक्रकिटको संख्यामा कमि आउँछ । वायु प्रदुषणको असर मस्तिष्कमा पर्ने भएकाले शुक्रकिटमा पनि असर पर्छ ।
अनुसन्धान प्रमुख तथा युएमएसओएममा मेडिसिनका सहायक प्रोफेसर जेकाग यिगले वायु प्रदुषणले प्रजनन् क्षमतामा ह्रास ल्याउने बताए । मेडिसिनमा एमडी प्रोफेसर तथा युएमएसओएममा कार्डियोलोजी रिसर्चका निर्देशक चाल्र्स होंगका अनुसार वायु प्रदुषणले मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोगहरु पैदा गर्छ । यस्तै, प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र जसको सीधा असर प्रजनन् क्षमतामा पर्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण