बेलायत युरोपकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक
कोरोना सङ्क्रमणका आधारमा बेलायत युरोपमै अग्र स्थानमा पर्दछ । बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको छ । यहाँ पछिल्लो एक सातामा दुई लाख ४८ हजार भन्दा बढी सङ्क्रमित फेला परेको तथ्यांकले देखाएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ३७५ जना नयाँ सङ्क्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै यहाँ कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ । यसै गरी बितेको २४ घण्टामा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९९३ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ८ हजार ६५२ रहेको छ । यस्तै ९९९ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ८२ लाख ७९ हजार ८३२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ४ लाख ९१ हजार ७०१ जना अर्थात् ८७.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५९ लाख ६४ हजार ४८८ जना अर्थात् ७९.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।
यसै गरी खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाउनेको सङ्ख्या पनि एक करोड १८ लाख २३ हजार ६४३ पुगेको छ । २० प्रतिशत भन्दा बढीले बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण